सिड्नीमा नारी निकुन्जको परोपकारी तीज

in नेपाली by

Sponsored Link:





‘विदेशमा तीज – स्वदेशमा सेवा’को भावनामा रहेर एनआरएनए वुमन फोरम नारीनिकुन्जले सिड्नीमा तीज महोत्सव गरेको छ। सन् २०१० देखि विशुद्ध परोपकारी उद्धेश्यले सिड्नीका महिलालाई तीजको कार्यक्रम प्रस्तुत गर्दै आईरहेको नारी निकुन्जले यस वर्ष परिवारहरुलाई पनि संलग्न गराउन कार्यक्रमलाई महोत्सवको रुपमा आयोजना गरेको थियो।

महोत्सवको दिउँसो कार्यक्रममा सिड्नीका दर्जनौं नेपाली संघसंस्थाले सांस्कृतिक कार्यक्रममा मनोरञ्जन संलग्न भएर कार्यक्रमलाई पृथक बनाउन सहयोग गरेका थिए।




महोत्सवको उद्घाटन गर्दै अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पाले नारीनिकुन्जको तीज महोत्वसमा भाग लिन पाउँदा आफू एकदमै गौरवान्वित  भएको उल्लेख गर्दै महिला सशक्तिकरणमा आफ्नो सदैव पहल रहने विश्वास दिलाईन्। उक्त कार्यक्रममा एनएसडब्लु राज्यका महावाणिज्यदूत दीपक खड्का लगायत, एनआरएनए संरक्षक इन्द्रा वन, प्रवक्ता रन्जु वाग्ले, जानकी पौडेल, एनएसडब्लु कोर्डीनेटर नन्द गुरुङ लगायतको उपस्थिति थियो।

आयोजक वुमन फोरमकी संयोजक प्रतीज्ञा अधिकारीले उठेको रक़म कल्याणकारी काममा लगाईने बताईन्।

दिउँसोको कार्यक्रममा सुजाता उपाध्यायको मुख्य प्रस्तुति थियो भने साँझको कार्यक्रममा नेपालदेखि आफ्नो गायन प्रस्तुत गर्न गायिका सुनीता दुलालले सबैलाई नचाएकी थिईन्।

दुलालले तीजका चर्चित तीज गीतहरु गाएर उपस्थित सयौं दर्शकहरुलाई मन्त्रमुग्ध बनाएकी थिइन्।

Sponsored Link:



Comments

comments