सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, तीन घाइते

in नेपाली by

Sponsored Link:




सर्लाही कौडेना गाउँपालिकाको फुलपरासी मतदान केन्द्रमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताबीच झडप भएको छ ।

मतदानको लागि लाइनमा बसेका कांग्रेस र राजपा कार्यकर्ताबीचको विवादले झडपको रुप लिएको हो ।




झडपमा परी तीन जना घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको कटुवालले बताए ।

झडप पछि केहीबेर अवरुद्ध मतदान पुनः शुरु भएको छ । अहिले मतदानस्थल आसपासको अवस्था सामान्य रहेको छ ।

Sponsored Link:



Comments

comments