लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी : सिटौला

in नेपाली by

Sponsored Link:





लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी : सिटौला

krishna-sitaulaसुरुङ्गा, झापा,  कात्तिक २७ गते ।   नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपासँग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको बताउनुभएको छ । पटक– पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाइ नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको उहाँले रासससँग कुराकानी गर्दै बताउनुभयो ।

लोकतान्त्रिक वा वाम गठबन्धन जे भए पनि २०४६ र ०६२÷०६३ को जनआन्दोलन जनताले कहिल्यै भुल्ने छैनन् भन्दै उहाँले भन्नुभयो, “यस क्षेत्रबाटै शुरु भएको जनआन्दोलनले राजसंस्थाको अन्त्य भएको र अब पनि जनताले राजसंस्था नचाहेको हुँदा लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि मेरो उम्मेदवारी हो ।”




राप्रपाले अहिलेसम्म गणतन्त्र स्वीकार नगरिरहेको अवस्थामा क्षेत्र नं ३ मा भएको वाम गठबन्धनमा राप्रपा सामेल भएको आफूलाई अचम्म लागेको सिटौलाले टिप्पणी गर्नुभयो ।

“सरकारमा रहेर होस् वा अन्यत्र जहाँ भए पनि यस क्षेत्रको विकासका लागि मैले रु साढे तीन अर्बका बहुवर्षीय योजना ल्याएको छु”, नेता सिटौलाले भन्नुभयो, “२०७० सालको संविधानसभाको निर्वाचनमा जनतालाई दिएको वाचा पूरा गर्दै देशमा नयाँ संविधान ल्याउन आफूले मुख्य भूमिका निर्वाह गरेको यहाँहरुलाई अवगत नै छ, अबको मेरो मुख्य काम विकासमा केन्द्रित हुन्छ ।”

Sponsored Link:



Comments

comments