नेपाली कांग्रेसलाई नै भोट किन?

in नेपाली by

Sponsored Link:





आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा आफ्नो पार्टीलाई नै किन मतदान भन्ने विषयमा हामीले विभिन्न दलका शीर्ष नेताहरूलाई सोधेका थियौ। सात मिनेट भित्र भन्नुहोस् तपाईँको पार्टीलाई किन मतदान। यस अन्तर्गत आज प्रदीप गिरीको जवाफ -नेपाली कांग्रेसलाई किन मतदान विस्तृतमा

मैले नै कांग्रेसमा ठट्टा चलाएको छु। त्यस समयमा तीन प्रकारका नागरिकता दिइन्थ्यो। एउटा वंशजको आधारमा, जम्मकृत र अंगिकृत नागरिकता। मेरो हिसाबमा भन्ने हो भने म वंशजका आधारमा नागरिक हो। मेरा पिता कांग्रेसका जिल्ला सचिव हुनुहुन्थ्यो। मेरा काकाहरू पनि कांग्रेसका सदस्य हुनुहुन्थ्यो। म स्वयम् पनि विधिवत रुपले कांग्रेसमा लागेको ५० वर्षभन्दा बढि समय भइसकेको छ।

यसबीच वंशजका रूपले हुनुपर्ने जुन एउटा अन्धविश्वास मलाई कांग्रेसप्रति कहिले पनि भएन। कांग्रेस पार्टीमा रहँदा पनि मैले कांग्रेसका नेताहरुसँग बरिष्ठ नेताहरू र सर्वमान्य नेताहरु मात्र होइन् कांग्रेसका विचारधाराहरू प्रति पनि अनेकौं पटक संका गरेको छु। संका मात्र होइन् मतभेदसमेत देखाएको छु। मतभेद मात्र किन भन्ने संविधान संशोधको एउटा प्रसंगमा त मैले पार्टी नेतृत्व नटेरिकन संविधान सभाको बहिष्कार गर्ने कृत्य गरेको छु।

त्यही पनि म काग्रेसमा नै किन छु त? यसैसँग टासिएर किन बसेको छु त? के त्यस्तो कुरा छ जुन अरु पार्टीमा छैन्?

यो प्रश्नको उत्तर म दिनको लागि बसेको होइन्। यस प्रश्नले सधैं म आफैँलाई घचघचाउँछ।

मुलुकमा यत्रा पार्टी छन्। पद नै चाहिएको भए आफ्नै पार्टी बनाए भयो। आफैं अध्यक्ष भएर कतिपय नेताले पार्टी खोलेका छन्। तर मैले कहिले कुनै पदका लागि पार्टि भित्र र पार्टी बाहिर कुनै कुरा गरेको छैन।

त्यही पनि मेरो निष्ठा कांग्रेसमा छ। किन?

किनकि, कांग्रेस पार्टीले धेरै राम्रो गर्‍यो, धेरै ठूलो उपलब्धि गर्‍यो, मुलुकका समस्या समाधान गर्ने कार्यमा प्रतिवद्ध भएर यो गर्‍यो, त्यो गर्‍यो भन्ने धेरै निस्केलान्। म त्यो भन्दिनँ। त्यसमा केही मेरो मतभेद पनि छन्, ती मतभेद मैले धेरै चोटि व्यक्त पनि गरेको छु।

एउटा कारण म कांग्रेसमा छु। मुख्य एउटा कुरा, त्यसपछि दोस्रो कुरा।

कुनै राजनीतिक पार्टीमा लाग्नु भनेको त्यस पार्टीको जीवन दर्शन मूल्य मान्यता, विश्व दृष्टीलाई हेरर लाग्नु हो। कांग्रेस पार्टीमा तत्कालिक, व्यक्ति धेरै छिरेका छन्। मभन्दा त्यसको जानकार अरु मान्छे छैनन् होला। तर पनि कांग्रेसको आधारभूत संरचना छ, आधारभुत विचारधारा छ, त्योसँग म पुर्ण सहमत छु। त्यति सहमत म अन्य कुनै पनि पार्टीसँग छैन्। मुलुकभित्र पनि छैन। मुलुकबाहिर पनि छैन।

त्यो दर्शन के हो त?

सामान्य भाषामा यसलाई लोकतान्त्रिक समाजवाद भनिन्छ। बेलायतमा लोकतान्त्रिक समाजवादको केही भिन्न प्रयोग भएको छ, फिलिपिन्समा अर्कै प्रभाव छ। जर्मनीमा एक समय मार्कसवादी प्रभाव थियो। नेपालमा विपी कोइरालाले व्याख्या गरेको र भारतमा जयप्रकाश लुइयाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादमा गान्धिको समाजवादको केन्द्रिय चिन्तन छ। एसियाका हामी लोक्तान्त्रिक समाजवादीले माक्र्सको विश्लेषण लिएका छौ। र गान्धिको मुल्यबहुत, गान्धिको चिन्तन, गान्धिको नैतिक्तालाई लगाउनका लागि सैधान्तिक र व्यहवारीक प्रयोग गरेका छौं।  गान्धिको त्यो चिन्तन पनि उदारवादबाट आएका छन्। हामी स्वतन्त्रतालाई प्रमुख कुरा मान्दछौ। हामी कुनै गुरूवादलाई मान्दैनौ।

प्रजातन्त्रको अत्यन्त मुल्यमान्यता के हो भने मुलुकको सबभन्दा शक्तिशाली व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री को कहाँ छ वा पार्टीको महासचिवलाई पनि आम निवार्चनमा एक भोट गर्न दिइन्छ। मुलुकको सबभन्दा निमुखा, निर्धन व्यक्तिलाई पनि एक भोट गर्न दिइन्छ। हामी कहाँ एकदिन नाग पुजा हुन्छ, एकदिन कुकुर पुजा हुन्छ, पाचँ वर्ष नै सही प्रजातन्त्रको सिद्धान्तले त्यस दिन भने प्रधानमन्त्री, राष्ट्रपतिलाई घरदैलोमा गएर नमस्कार नमस्कार भन्ने बनाउँछ। यो त माओवादीले पनि गर्छ, यो त एमालेले पनि गर्छ, तपाईले भन्न सक्नुहुन्छ। यो एकदा जटिल कुरा छ, यो एकदम सुक्ष्म कुरा छ। माओवादी, एमालेहरुले व्यवहारीका रुपमा विकल्प नभएकोले हामीले यसमा आएको भन्छौं।

संसंदमा उहाँहरुले बोलेको कुरा पनि त्यहीँ छ। हिजोका माले एमाले, आजका माओवादी यही उपयोगका वस्तु बनेका छन्। तर यसको अर्थ उहाँहरु बदलिनु भयो भन्ने चाहीँ होइन। स्वराजनीतिले गर्दा भुमण्डलीले गर्दा बदलाव आएको हो र त्यो बदलाव राजनितिक स्तरमा छ, कार्णितिक स्तरमा छ, रणनात्मक स्तरमा छ। शैद्धान्तिक स्तरमा छ।




नेपालमा झट्ट हेर्दा दुई वटा दार्सनिक परिपार्टी छ। एउटाले ब्रहंमलाई मान्छ, एउटाले निमार्णलाई। राजनीतिक गतिविधिमा कहाँको कुरा कहाँ पुग्छ। मानवजाति शब्द भएको दिनदेखि केही आधारभूत सभ्यतामा, आधारभुत कुराहरुमा आधार बिना लडिरहेको हुन्छ। त्यो लडेको के हो?

बुद्धले के भन्छन् भने, अप्प दिपो भवः आफ्नो बाटो आफैँ हेर आफ्नो बाटो आफैँलाई देखाउ। कुनै सत्य अन्तिम सत्य छैन्, सत्यमा पुग्ने कुनै बाटो छैन्। बुद्ध दर्शनलाई अघि बढाएका कृष्ण मुर्तिले भनेका थिए, ‘सत्य कहाँ पुग्दा कुनै बनाएको बाटो छैन्, त्यसैले सत्यको कुनै गुरु छैन्।’

कृष्णमुर्तिलाई विश्व गुरुको दर्जा दिइएको थियो, मैत्रिएको दर्जा दिइएको थियो। त्यो अस्वीकार गरी उनले भने, ‘कोही कसैको गुरु हुन सक्दैन। कोही कसैले लगाएको वादमा लाग्न सक्दैन्। मार्कसवाद, लेनिनवाद, माओवाद, प्रचन्डपथ लगायतका आधारमा पनि स्तन्त्रता, दिर्घायु, अछुयु र स्वस्थ रहन सक्दैन्।’ स्वतन्त्रतालाई स्वस्थ राख्नका लागि त भन्दा म जान्ने भन्नु हुँदैन्, तलाई मार्कसवादको बारेमा केही थाहाँ छैन्, मलाई सबै कुरा थाहाँ छ भन्न पाइदैन्। तैले प्रचन्डपथ बुझेको छैनस्, मैले बुझेको छु भन्न पाइँदैन्।

नेपाली कांग्रेस खुला्, उन्मुक्त, समाजले विश्वास गर्ने पार्टी हो। उन्मुक्त विचारधारालाई विश्वास गर्ने पार्टी हो। त्यो पार्टिले मलाई आफ्नो वाक स्वतन्त्रतासहित इज्जतसँग बस्न दिएको छ, अराजक हुनेसम्म अधिकार दिएको छ, त्यो अन्य पार्टीमा छैन्। एउटा बाबुरामजस्तो मान्छेलाई माओवादीमा अटाउँन गाह्रो पर्‍यो। माओवादीमा मात्र होइन तथाकथित वाम गठबन्धनमा समेत अटाउन गाह्रो पर्‍यो। तर बाबुरामको प्रसंगमा अत्यन्त ज्यादा अग्रगामी भूमिका मैले गर्दागर्दै मलाई नेपाली काग्रेंसले सिंगो राजनितिक जिवनमा एउटा प्रश्नसमेत गरेको छैन्।

पार्टीमा धेरै स्पस्टिकरण सोधिन्छन्, धेरै कुरामा सोधिन्छन्, भ्रष्टचार गरेको भनेर सोधिन्छ, अनुसासनको कुरामा सोधिन्छ, व्यवहारको बारेमा सोधिन्छ, धेरै कुरामा सोधिन्छ। तर व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्ति गर्दा नेपाली कांग्रेसले कसैलाई पनि सोधेको छैन्, स्पष्टिकरण मागेको छैन्। त्यसको प्रमाण म हुँ।

मभन्दा आफू खुसी बोल्ने आफू खुसी लेख्ने कुनै पनि अर्को व्यक्ति छैन्। तर पार्टीको म प्रति सहिष्णु दृष्टिकोण छ। सहिष्णु मात्र होइन आदरपूर्ण दृष्टिकोण राखेको छ। पार्टीले मलाई हरेक महाधिधिवेशनमा केन्द्रीय सदस्यमा स–सम्मान जिताएको छ।

यसलाई गर्व गरेको भन्नु होला, मेरा मतदाता रिसाउँलान भन्नु होला। मैले मेरा मतदाताहरुसँग कांग्रेस पार्टीको महाधिवेसनमा भोटसम्म माग्न परेको छैन्। त्यसैले यो विल्कुलै बेग्लै खाल्को पार्टी हो। मलाई लाग्छ यो दक्षिण एसियामा नै नेपाली कांग्रेस जस्तो स्वस्थ्य परम्परामा हुर्किएको अर्को पार्टी छैन्।

भारतीय राजनीतिको कांग्रेस हेर्नुहोस्, इन्दिरा गान्धि पछि, राजिव, राजिव पछि सोनिया। हरेक चार वर्षमा हामी विधिवत महाधिवेशन गर्दै जान्छौ। यसपटक शेर बहादुर छानिनु भयो, अर्को पटक अरु कोही नै हुन सक्छन्। मेरो एकदम निश्चिन्त विचार छ, मैले भारतीय काग्रेंस पार्टीको अध्ययन गरेको छु, त्यहाँको विकृति देखेको छु। जनता पार्टीलाई नजिकबाट चिनेको छु, त्यहाँका अधिकांश नेता मेरा मित्र छन्। नेपाली काग्रेंस जतिको पार्टि नेपालमा मात्रै होइन्, दक्षिण एसियामा नै छैन्।

नेपाली भाषामा एउटा कथन छ, प्रसिद्ध उपन्यासकार गुरू रूद्रराज पाण्डेले रुपमतिको भुमिकामा लेखेका छन्, ‘अंगारसँग दाजेर कालो गोरो हुँदैन, बरफसँग दाजेर सेतो कालो हुँदैन रे। भएका राजनीतिक दलहरुमा नेपाली काग्रेंस एक मात्र श्रेष्ठ पार्टी हो भनेर भन्दिनँ। सबै पार्टीमा बिकृति छन्, पार्टी व्यवस्था यस्तै हुँदैरहेछ। विगत १२ वर्षमा नेपाली पार्टीको व्यवस्थामा झन खराबी देखिएको छ। यस व्यवस्थालाई विद्धवान डेनिस लेखकले भनेका छन्, ‘यहाँ त प्रजातन्त्र आयो भनेको त दल तन्त्र पो आएछ।

नेपालमा दलीयतन्त्रका कारण धेरै नराम्रो सुन्नु परेको छ। जति पनि विश्वविद्यालय, अस्पताल, कलेजहरु बाँडिएका छन्, हुदाँहुदाँ भोलिपर्सिदेखि थाना र कचरी पनि बाढ्ने बेला आइसकेको छ। त्यही भएर पार्टी राम्रो छ म भन्दिनँ, थुप्रै खराबी छन् यसका। यो खराबी त तपाईँहरुले बाहिरबाट देख्नुभएको होला, मैले भित्रबाट अध्ययन गर्ने मौका पाएको छु।

बाहिर र भित्रको वृतान्त, निसंकोच र बस्तुनिष्ठ अध्ययन गरेकाले भन्छु नेपालमा भएका अन्य पार्टिभन्दा कम खराब नेपाली काग्रेंस हो। त्यो कम खराबी नेपाली काग्रेंसमा म एउटा खराबी व्यक्ति भए पनि विगत ५० वर्षदेखि स–ंसम्मान बस्न पाएको छु। त्यसैले आदरणीय मतदाताहरुसँग म नेपाली काग्रेंसका लागि भोट माग्दछु।

Sponsored Link:



Comments

comments