दिउँसो २ बजेसम्म ४६ प्रतिशत मतदान

in नेपाली by

Sponsored Link:




जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दिउँसो २ बजेसम्म ४६ प्रतिशत मतदान भएको छ ।


वीरगञ्ज, नेशनल ट्रेडिङस्थित मतदान केन्द्रबाट मत दिएर बाहिरिँदै मतदाता । तस्वीरः सुरेश बिडारी

निर्वाचन आयोगकाअनुसार देशभर शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान चलिरहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मतदान जारी छ ।




४५ जिल्लाका सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगले बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकेको छ ।

आयोगले मतदान गरेर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान समेत गरेको छ ।

आज १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मतदान गर्दैछन् ।

Sponsored Link:





Source: Himal Khabar

Tag: Nepali, Sajha, Samachar, Latest, Nepal, News, Updates, Saaja, Nepal

Comments

comments