तरुण दलका पूर्व पदाधिकारीद्वारा पुनः महाधिवेशन गर्न माग

in नेपाली by

Sponsored Link:




काठमाडौँ, मङ्सिर २२ print

tata

पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका नेपाली काँग्रेसका भातृ सङ्गठन नेपाल तरुण दलका पूर्व पदाधिकारीले नयाँ वानेश्वरमा छुट्टै भेला गरेका छन् ।

पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निकटकाले असन्तुष्टि राख्दै विधि र प्रक्रियाअनुसार महाधिवेशन माग गर्दै भेला गरेका हुन् ।

असन्तुष्टि पक्षधर लक्ष्मी खतिवडाले महाधिवेशनलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेकाले विधि र विधानसम्मत तरुण दलको महाधिवेशन गर्न माग गर्न भेला गरिएको जानकारी गराए । “बन्दसत्र सञ्चालन नै नभई पार्टी नेतृत्वले हस्तक्षेप गरी नयाँ कार्यसमिति बनाएको छ”– उनले भने, “यो हामीलाई मान्य छैन । महाधिवेशन विधि र विधानसम्मत चल्नु पर्‍यो ।”

कार्यक्रममा दलका पूर्वअध्यक्ष विनोद कायस्थ, पूर्वमहासचिव पुष्प पराजुली, नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष महेन्द्र शर्मा लगायतले महाविधेशन विधि प्रक्रियामा नै नभएकाले पुनः महाधिवेशन गर्नुपर्ने माग राखे । तरुण दलको पोखरामा कात्तिक २७ देखि २९ गतेसम्म महाधिवेशन भएको थियो । महाधिवेशनले जितजङ्ग बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो । रासस

hundai
pasupati

प्रकाशित मिति:
बुधबार, मंसिर २२, २०७३ १८:२५:२३

प्रतिकृया दिनुहोस

  • मुलुककै सम्पन्न बौद्धविहार अब संग्रहालय

    मुलुककै सम्पन्न बौद्धविहार अब संग्रहालय

    नौसय वर्षभन्दा पुरानो ईतिहास रहेको ललितपुरस्थित हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) ले आफूसँग थुप्रिएका बहुमूल्य वस्तुहरु फेरि समेट्न र स्याहार्न सुरु गरेको छ। आर्थिक सांस्कृतिक हिसाबले मुलुककै सबैभन्दा सम्पन्न यो विहार भित्रै अब छिट्टै संग्रहालय पनि थपिने भएको छ। ‘स्थापनादेखि नै मन्दिर परिसरमा नअटाएर भित्र थुपारिएका हजारौं बहुमूल्य कलाकृति र महत्वपूर्ण ग्रन्थहरु छन्,’ विहार सुधार समितिका सहसचिव पुष्प बज्राचार्यले भने ‘अब ती सबै सामग्री सर्वसाधारण र पर्यटकहरुका निम्ति खुला गरिनेछ।’




  • ४० यात्रु बोकेको पाकिस्तानी एयरको बिमान दुर्घटना

    ४० यात्रु बोकेको पाकिस्तानी एयरको बिमान दुर्घटना

    ४० यात्रु बोकेको पाकिस्तानी एयरको बिमान बुधबार अपराह्न दुर्घटनामा परेको छ। पाकिस्तानको उत्तरी सहर चित्रालबाट राजधानी इस्लामावाद आइरहेको पिके ६६१ जहाज अबोट्टावाद नजिकै दुर्घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

  • मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकसाथ चालीस स्थानमा काम

    मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ। विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन जिल्लामा वितरणका लागि हाल दैनिक एक हजार कामदारले काम गरिरहेका छन्।

  • पुनःनिर्माणमा सहयोग गर्ने साझेदारको प्रतिबद्धता

    भूकम्पपछिको पुनःनिर्माणमा विकास साझेदारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिले पुनःनिर्माणसम्बन्धी प्राधिकरणले तयार पारेको कार्ययोजना कार्यान्वयनका लागि प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र विकास साझेदारबीच आज बसेको संयुक्त बैठकमा यस्तो प्रतिबद्धता जनाइएको हो।

  • बिरामीको मृत्युपछि अस्पतालमा झडप, तीन प्रहरी घाइते

    चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा आज अस्पतालमा झडप भएको छ। उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो।

hundai

Vionet


Sponsored Link:



Comments

comments